Headlines News :

च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Written By mansun on Wednesday, September 18, 2013 | 7:48 PM

३ असोज, काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीको हृयाटि्रकसँगै बार्सिलोनाले च्याम्पियनस लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बुधबार राति भएको खेलमा समूह एचमा रहेको बार्सिलोनाले एयाक्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लियो । ५५ औं मिनेटमा बुस्केटको पासमा मेस्सीले नै गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
६९ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारको पासमा जेरार्ड पिकेले गोल गरे । ७५ औं मिनेटमा जाभीको पासमा गोल गर्दै मेस्सीले हृयाट्रिक पूरा गरे ।
एयाक्सविरुद्धको हृयाट्रिकसँगै मेस्सी च्याम्पिन्यस लिगमा सर्वाधिक हृयाटि्रक गर्ने फुटबलर बनेका छन् । उनले ४ पटक हृयाटि्रक गरेका छन् । च्याम्पियन्स लिगमा सर्बाधिक गोलकर्ताको दोस्रो नम्बरमा रहेका मेस्सीको गोलसंख्या ६२ पुगेको छ ।
खेलको ७७ औं मिनेटमा एयाक्सले पाएको पेनाल्टी बार्सिलोनाका गोलरक्षक भाल्डेसले रोकेपछि बार्सिलोन ४-० ले विजयी भयो ।

messi

आजको पञ्चाङ्ग र राशीफल /२०७०/आश्विन /०३ / बिहीबार,

विक्रमसंवत् २०७० साल आश्विन ०३ गते बिहीबार,
ईश्वीसन् २०१३ सेप्टेम्बर १९, नेपाल संवत् ११३३,
आज पूर्णिमा व्रत, नेवारी पर्व यँया पुन्हि, मंगया, चेपाङ जातिको चोनाम पर्व, प्रौष्ठपदी श्राद्ध,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन धैर्य र सावधान भई काममा लाग्नु असल हुन्छ । आज प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुनेछ । बोलीको विपरीत अर्थ लाग्नाले नजिकैको आफन्त टाढिने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
असल समय छ । प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय मध्यम खालको छ । दुःखसुख, आयव्यय, लाभहानी, सफलता–असफलता, उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । फेरि पनि यात्राबाट मनले चाहे जस्तो सन्तुष्टि मिल्ने देखिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । परेवा र चराचुरुङ्कीलाई चारा तथा दानापानी खुवाउनाले आज मानसिक सन्तुष्टि प्राप्त हुनेछ । घरमा बस्दा पहेंले लुगा लगाउनाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन त्यस्तै त्यस्तै छ । बिछोडको पीडाले मन बेचैन होला । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । दिनभरि मन एकतमासको हुनेछ तर साँझपख आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आत्मबल बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । आज सबैका लागि प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, फकाउने र फुल्याउने काममा नै दिन बित्छ । भोगविलासमा मन जानेछ । आज चिताएभन्दा बढी कमाउने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिकूल समय चल्दैछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला । रिसको कारणले असर पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हिजोआज ठिकैको समय चल्दैछ । तपाईं विरुद्ध काम गर्ने व्यक्तिहरू आफैं परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । समयको प्रतीक्षा गर्नु होला । दिउँसो पारिवारिक समस्याले मन खिन्न भए पनि साँझपख मन भुलाउने उपायको खोजी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीर केही आलस्य हुनसक्छ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । कामगर्न मन जानेछैन । सामान्य समस्याहरुले पिरोल्ने छ । व्यापार व्यवसाय मध्यम रहेको छ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । आज पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने अनुपम दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । बेलुका मनोरञ्जन र खेलवाडतिर लागिने छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।


स्मरण गर्नुहोस् :


माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।

Exchange Rate for 19 September, 2013

Exchange Rate for 19 September, 2013

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
100.69
101.29
European euro
1
134.44
135.24
UK pound sterling
1
160.82
161.78
Swiss franc
1
108.72
109.37
Australian dollar
1
94.22
94.78
Canadian dollar
1
97.77
98.35
Singapore dollar
1
79.98
80.46
Japanese yen
10
10.18
10.24
Chinese renminbi (Yuan)
1
16.45
16.55
Saudi Arabian riyal
1
26.85
27.01
Qatari riyal
1
27.66
27.82
Thai baht
1
3.18
3.20
UAE Dirham
1
27.41
27.58
Malaysian ringgit
1
31.13
31.32
South Korean Won100
9.31
9.36

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.58
Danish Krone
1
18.03
Hong Kong dollar
1
12.99

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

गोलभेँडाका फाइदै फाइदा

Written By mansun on Tuesday, September 17, 2013 | 7:37 PM

गोलभेँडा तरकारी तथा अचारमा अनिवार्य परिकार हो । यो स्वादिलो मात्र होइन निकै पोषिलो समेत हुन्छ । गोलभेँडामा विभिन्न खाले भिटामिन तथा अन्य लवण समेत पाइन्छ । यसमा भिटामिन ए, सी, के तथा फोलेट तथा म्याग्नेसियम लगायतका तत्व पाइन्छ ।
  1. गोलभेँडामा संतृप्त बोसो, कोलेस्ट्रोल लगायतका हानिकारक तत्व कम पाइन्छ । यसमा फाइबर समेत प्रसस्त पाइने र पानीको मात्रा समेत उच्च हुने भएकाले यो निकै लाभकारी हुन्छ ।
  2. गोलभेँडामा बिटा क्यारोटिन पाइन्छ । यसमा पाइने लाइकोपिन तत्वले समेत छालालाई स्वस्थ तथा सुरक्षित बनाउन मद्धत गर्छ ।
  3. गोलभेँडामा पाइने भिटामिन के तथा क्याल्सियम तत्वले हाड मजबुत पार्न सहयोग गर्छ ।
  4. गोलभेँडामा क्यान्सर प्रतिरोधी गुण पाइन्छ । टमाटरको नियमित भोजनले प्रोस्टेट ग्रन्थी, मुख,पेट तथा आन्ध्राको क्यान्सरको जोखिम कम हुन्छ ।
  5. गोलभेँडाकेा नियमित भोजनले रगतमा चिनिको मात्रा समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।
  6. गोलभेँडाले मान्छेको आँखाको दृष्टिलाई समेत मजबुत पार्छ किनकी यसमा भिटामिन ए पाइन्छ ।
  7. गोलभेँडाकेा नियमित सेवनले कपाललाई स्वस्थ राख्न समेत मद्धत पूराउँछ ।
  8. गोलभेँडा नियमित रुपमा खाँदा मृगौला तथा पित्त थैलीको पत्थरीको जोखिम समेत कम हुने विज्ञहरु बताउँछन् ।
  9. जिउ दुखेको छ ? त्यसो हो भने नियमित रुपमा गोलभेँडाको अचार खानुहोस् ।
  10. गोलभेँडाकेा सेवन वजन नियन्त्रणका लागि समेत सहयोगी हुन्छ ।


बिहेपछि पनि किन हुन्छ अनैतिक सम्बन्ध ?

विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ । विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।
यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।
एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् ।
यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् । आफ्नो जिवनसंगिनीसँगबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ ।
extraवेबसाइटका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ । मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउने उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् ।
विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो । हाम्रो संस्कारमा श्रीमानले बाहिर जागिर गर्छ भने श्रीमतीले घरधन्दा । जसका कारण पुरुष बाहिरी समस्याका कारण तनावग्रस्त हुन्छ । परिणामस्वरुप उसले आफ्नी जिवनसंगिनीका इच्छामा ध्यान पूराउन सक्दैन । साथै तनावका बेला ऊ श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः यसले ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दैजान्छ । फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।

निर्वस्त्र हुनुका फाइदै फाइदा

नग्नता भन्ने वित्तिकै छाडापन तथा अश्लीलता भन्ने बुझिन्छ । यो एक अर्थमा सही भएपनि मानव स्वास्थ्यको दृष्टिले अर्ध वा पूर्ण नग्नता फाइदाजनक हुने विज्ञहरु बताउँछन् । समय परिस्थिति अनुसारको पूर्ण नग्नता, अर्ध नग्नता वा खुकुलो वा कम कपडा लगाउँदा मान्छेको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
विकशित पश्चिमा देशहरुमा नग्नता खासै ठूलो विषय नभएपनि हाम्रोजस्तो देशमा भने यो असभ्यपना ठानिन्छ । त्यसैले नग्नतालाई देश काल परिस्थिति अनुरुप बुझ्नु तथा अपनाउनुपर्ने हुन्छ । हामीकहाँ सार्वजनिक तवरले नग्नता अवैधानिक हुने तथा अपनाउन समेत नसकिने भएकाले जिउमा लगाउने कपडा कम वा खुकुला पार्ने तथा रात्रीको समयमा समेत नग्नतालाई उपयोग गर्न सकिन्छ । नग्नताका फाइदा यस्ता छन्
बिहानको घाममा नांगो छालामा घाम ताप्नुहोस्, यसका लागि पूरै नांगो हुनुपर्छ भन्ने छैन । तर सरीरको धेरै हिस्सामा बिहानको घाम पार्नुभयो भने प्रसस्त भिटामिन डी प्राप्त हुनेछ ।
सरीरभर बाक्ला तथा धुम्म परेका कपडा लगाउनुको साटो हलुका तथा खुकुलो र छोटो कपडा लगाउने हो भने त्यसले छालालाई स्वस्थ राख्न, विषाक्त पदार्थ उत्सर्जन गर्नका साथै कत्ला उत्पन्न हुनबाट जोगाउँछ ।
nakएक अध्ययन अनुसार नांगो खुट्टाले झारपातमा हिड्नाले मानिसमा अल्जाइमरको जोखिम कम हुन्छ । नांगो खुट्टाले दौडनु पनि मस्तिष्कको सक्रियताका लागि सहयोगी हुन्छ ।
निराशा, डिप्रेसन, आत्मग्लानी तथा अन्य खाले मानसिक समस्याबाट मुक्ति पाउन समेत रातमा निर्वस्त्र सुत्नु निकै लाभदायी मानिन्छ ।
दिउसोको दौडधुप पछि बेलुकी नुहाएर रातमा निर्वस्त्र सुत्नुहोस् त्यसले छालामा संक्रमणको खतरा कम गर्छ ।
कसिलो भित्री वस्तले यौनांगको रक्तप्रवाहमा असर पूराउँछ । कसिलो पाइन्टले समेत यौनांगमा असर पूराउँछ जसले अन्ततः पुरुषको यौनक्षमतामा कमी ल्याउँछ । त्यसैले बढि कसिलो भित्री वस्त्र लगाउनु हुँदैन र रातको समयमा सुत्दाखेरि त अझ यसमा ठूलो ध्यान पूराउनुपर्ने हुन्छ ।
कट्टु मात्र लगाएर व्यायाम गर्ने तथा दौडने गर्नुभयो भने त्यसले रक्तसंचारलाई स्वस्थ तथा सन्तुलित बनाउनेछ ।
नग्नताले यौन इच्छामा वृद्धि गराउनुका साथै श्रीमान श्रीमतीबीच भावनात्मकताको समेत वृद्धि गर्छ ।
मीठो निद्रा लिने मन छ ? त्यसो भए सुत्दाखेरि कपडा लगाउने कष्ट नगर्नुस् ।

जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र

सम्बन्ध विच्छेदपछि पुरुषहरुमा सम्भोगको चाहना कम हुन्छ होला वा बढि ? डिभोर्स भएर श्रीमतीबाट अलग्गिएका पुरुषहरुमा यौनेच्छा बढि होला की विवाह नै नगरेका तन्नेरीहरुमा ? सामान्य अड्कल काट्ने हो भने सहबासबाट एक प्रकारले अघाएका भुक्तभोगी एकल पुरुषहरुमा भन्दा अविवाहित ठिटाहरुमा सम्भोगको भोक बढि हुन्छ । तर यस्तो अड्कलबाजी गलत रहेछ ।
एक अन्तराष्ट्रिय अनलाइन डेटिङ साइटले गरेको अध्ययन अनुसार ६७ प्रतिशत एकल पुरुषहरुमा अविवाहित ठिटाहरुमा भन्दा यौन इच्छा बढि हुन्छ । अध्ययनका अनुसार डिभोर्स खेपिसकेका पुरुषहरु वैवाहिक जिवन टुटेपछि नयाँ स्त्रीसँगको यौन सम्बन्धका बेला भावनामा बहँदैनन् । तर त्यस्ता पुरुषहरुले सम्भोगका बेला बढि रोमाञ्चकता तथा आनन्द प्राप्त गर्छन् जो उनीहरुले आफ्नी श्रीमतीसँगको सहबासमा अनुभुत गर्न पाएका थिएनन् ।
dating१०८० जना पुरुषमा गरिएको उक्त अध्ययन अनुसार डिभोर्स गरेका पुरुषहरुमा संयोगले बन्ने यौन पार्टनरसँगको सम्बन्ध प्रतिको कुनै भावनात्मक लगाव नहुने भएकाले उनीहरुले त्यस्तो यौन सम्बन्धलाई तनावमुक्त ढंगले ग्रहण गर्छन् र बढि भन्दा बढि आनन्द प्राप्तिको दिशामा लाग्छन् । उनीहरुमा पार्टनरलाई आनन्द दिन सकिएन भन्ने चिन्ता हुँदैन र आफु नामर्द होइने हो की भन्ने डर पनि हुँदैन ।
अर्को एक अध्ययन अनुसार डिभोर्सले महिलाको स्वास्थ्यमा भने नकारात्मक असर पूराउँछ । सम्बन्ध विच्छेदको मानसिक तथा शारीरिक प्रभाव हुने र यसले महिलाको हृदयस्वास्थ्यमा नकारात्मक असर पुराउने विज्ञहरु बताउँछन् ।

राष्ट्रिय विद्यालय हृयान्डबल आजदेखि

२ असोज, काठमाडौं । नेपाल विद्यालय हृयान्डबल संघको आयोजनामा राष्ट्रिय विद्यालय हृयान्डबल प्रतियोगिता बुधबारदेखि लगनखेलस्थित राजदल गणमा सुरु हुँदैछ ।
प्रतियोगिताको छात्रमा मध्यमाञ्चलको २ तथा पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका १-१ गरी ५ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष गोपालकृष्ण श्रेष्ठले जनाएका छन् । छात्रामा मध्यमाञ्चलबाट २ तथा पूर्वाञ्चल र पश्चिमाञ्चलबाट १-१ गरी ४ टिम सहभागी हुने बताइएको छ ।
आयोजकका महासचिव विराटमान वज्राचार्यका अनुसार छात्रको यो तेश्रो संस्करण हो । छात्रातर्फ भने पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।

इरानले अन्तरिक्षमा बिरालो पठाउने

आणविक हतियारको निर्माण गरिरहेको भन्दै पश्चिमा मुलुकहरुको आरोप खेपिरहेको इरानले सन् २०१८ सम्ममा अन्तरीक्षमा मानिस पठाउने लक्ष्य राखेको छ । यो लक्ष्य परिपूर्तिका लागि इरानले आफ्नो अन्तरीक्ष कार्यक्रमलाई तिब्रता प्रदान गर्दै विभिन्न परिक्षण समेत गर्ने गरेको छ । यसका लागि उसले विभिन्न जनावरलाई अन्तरीक्षयात्रीको रुपमा प्रयोग समेत गर्ने गरेको छ । यहीँ क्रममा इरानले अब बिरालोलाई अन्तरीक्षमा पठाउने भएको छ ।
persianपर्सियन क्याट भनिने स्थानीय जातको बिरालोलाई इरानले अन्तरिक्षमा पठाउने भएको हो । सात महिनाअघि एक बाँदरलाई अन्तरीक्षमा पठाएर पुनः पृथ्वीमा सुरक्षित अवतरण गराएको दाबी गर्दै आएको इरानले अब बिरालोलाई अन्तरिक्षयात्री बनाउने भएको हो ।
यद्यपि यसअघि बाँदरलाई अन्तरीक्षमा पठाएको इरानको दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको थिएन । पछिल्लो इरानी योजनालाई पनि पश्चिमा देशहरुले शंकाको दृष्टिले हेर्दै अन्तरीक्षमा बाँदर पठाउने इरानी योजना उसको सामरिक तथा सैन्य क्षमता विस्तारका लागि हुनसक्ने बताएका छन् ।
इरानी अन्तरीक्ष कार्यक्रमका प्रमुखका अनुसार लामो भुत्ला भएको तथा चेप्टो अनुहार भएको बिरालो रकेटमा चढेर अन्तरिक्षमा जानेछ । इरानी पात्रो अनुसार यो वर्षको अन्त्यमा बिरालोलाई अन्तरिक्षमा पठाउने योजना छ । अंग्रेजी पात्रो अनुसारको आगामी वर्षको मार्च २१ मा इरानको यो वर्ष अन्त्य हुनेछ । त्यसैले आउँदो वर्षको मार्च २१ सम्ममा इरानले अन्तरिक्षमा बिरालो पठाउनेछ ।

आजको पञ्चाङ्ग र राशीफल/२०७०/आश्विन /०२ /बुधबार,

विक्रमसंवत् २०७० साल आश्विन ०२ गते बुधबार,
ईश्वीसन् २०१३ सेप्टेम्बर १८, नेपाल संवत् ११३३,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
असल समय छ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवहारिक समस्याले पिरोल्न सक्छ । विवाह तथा पारिवारिक जीवनमा भने रमाइलो आउने छ । आम्दानीमा कमी आउने छैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्य पनि राम्रो रहने छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सामाजिक वा सरकारी झमेलामा फँस्ने डर छ । पुख्र्यौली सम्पत्तिको लेखाजोखा मूल्याङ्कन गर्नु पर्दा मन खिन्न हुन सक्छ । आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आज यात्राको समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खराब समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक हानी हुनेछ होस राख्नोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । कतै छोटो दुरीको यात्रा पनि हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा बाधाअडचन उत्पन्न हुनुका साथै भनेजस्तो सफलता नमिल्न सक्छ । आफन्त वा मित्रले काममा धोका दिने सम्भावना छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख मिल्नुका साथै जीवनसँगीबाट सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राम्रो समयको योग छ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । आम्दानी सामान्य भइरहला । आज आफ्ना भनाउँदासँग झगडा वा मनमुटाव होला । अरुले भन्दा बढी लगानी गर्नुपर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अति प्रतिकूल समय छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । अपूरा कार्य पूर्ण हुने सम्भावना बलियो छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । पढाइ लेखाइतिर ध्यान दिनु आवश्यक छ । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । व्यापार व्यवसाय त्यसमा पनि हार्डवेयरका विक्रेताका लागि विशेष लाभदायक छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय राम्रो छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरीबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज अकारण वादविवादमा फस्ने, सरकारी झमेलामा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरुले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्राले भने रमाइलो गर्नेछन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला ।

स्मरण गर्नुहोस् :


माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।

Exchange Rate for 18 September, 2013

Exchange Rate for 18 September, 2013

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
100.69
101.29
European euro
1
134.50
135.30
UK pound sterling
1
160.11
161.07
Swiss franc
1
108.78
109.43
Australian dollar
1
93.91
94.47
Canadian dollar
1
97.57
98.15
Singapore dollar
1
79.79
80.26
Japanese yen
10
10.15
10.21
Chinese renminbi (Yuan)
1
16.45
16.55
Saudi Arabian riyal
1
26.85
27.01
Qatari riyal
1
27.66
27.82
Thai baht
1
3.17
3.19
UAE Dirham
1
27.41
27.58
Malaysian ringgit
1
31.01
31.19
South Korean Won100
9.29
9.35

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
15.53
Danish Krone
1
18.04
Hong Kong dollar
1
12.99

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आजको पञ्चाङ्ग र राशीफल/२०७०/आश्विन /०१/मङ्गलबार,

Written By mansun on Monday, September 16, 2013 | 7:49 PM

विक्रमसंवत् २०७० साल आश्विन ०१ गते मङ्गलबार,
ईश्वीसन् २०१३ सेप्टेम्बर १७, नेपाल संवत् ११३३,
मेष (चुचेचोलालिलुलेलो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने   माया प्रेमको लागिरमाइलो   विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ  पारीवारिक सहयोगबढ्ने   आत्मबल बढ्ने बेला   ठूलाबडाले सहयोग गर्नेछन्  व्यापारव्यवसाय मध्यम रहेको  

बृष (बाबिबुबेबो) –
समय मध्यम खालको   व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग  प्रेमरतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने   आर्थिक व्यय भए पनिवातावरण राम्रो बन्नेछ  अध्ययनअध्यापन  लेखनकार्यमा उच्च सफलताप्राप्त हुने  

मिथुन (काकिकुकेको) –
कन्या केटीलाई कुनै उपहार प्रदान गरेर आफ्ना मनका असीमित इच्छा पूर्ण गर्नेदिन हो आज  अधुरा कामहरु पूर्ण हुनेछन्  आर्थिक लाभ हुने नयाँ कामकोथालनी हुनेछ  आम्दानीका मार्ग प्रशस्त हुनेछन्  शुभ समाचार प्राप्त हुने योग  स्वास्थ्यमा सुधार होला 

कर्कट (हिहुहेहोडाडिडुडेडो) –
आज अनावश्यक  झुठो आरोप आइलाग्ने सम्भावना   कसैसँग व्यर्थमावादविवाद गर्नु पर्ला  प्रेममा धोका हुने सम्भावना   अध्ययनमा जाँगर चल्नेछैन  वैदेशिक क्षेत्रका काममा भने राम्रै   बिहानको समयभन्दा साँझको समयबढी निराशाजनक रहने  

सिंह (मामिमुमेमोटाटिटुटे) –
हाँसखेल  मनोरञ्जनपूर्ण समय   मन मनोरंजनात्मक क्रियाकलापतर्फअग्रसर रहला  साँझपख कलहको योग   पारिवारिक जीवन सामान्य सन्तोषप्रद रहने   पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमाप्रगतिको खबर सुन्न पाइएला  आर्थिक लाभको योग  

कन्या (टोपिपुपेपो) –
प्रतिकूल समय चल्दैछ  कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला  प्रेममा धोका हुनेसम्भावना   खेलकुदमा संलग्न हुनु पर्नेछ  तपार्इंले नचाहदा नचाहँदै पनिआर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने   परोपकार  धार्मिक क्षेत्रमालगानी गरेमा राम्रो हुनेछ 

तुला (रिरुरेरोतातितुते) –
पारिवारिक वातावरणमा केही सुधार आउने   पैसाको मामिलामा खासै फरकपर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभमा कमी नै आउनेछ  लेखनप्रकाशन सम्बन्धी क्षेत्रमा लाग्ने समय   बौद्धिक क्षमताको प्रस्फुटन हुनालेसृजनात्मक सफलता मिल्नेछ  शत्रुहरु पराजित हुनेछन् 

बृश्चिक (तोनानिनुनेनोयायियु) –
खर्च अलि वृद्धि हुने समय   कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला  व्यापारव्यवसायमा तनाव उत्पन्न हुनेछ  प्रेममा धोका हुने सम्भावना   सामान्यकुरामा पनि विवाद उत्पन्न हुन सक्छ  आमा वुवाको स्वास्थ्यमा समस्या आउनेदेखिन्छ  समय राम्रो छैन 

धनु (येयोभिभुफाभे) –
समय राम्रै   साथीभाइ  कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह  सहयोगप्राप्त हुनेछ  शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ  आज विगतकाकमीकमजोरी सम्झने दिन होइनमन प्रसन्न बनाएर काम गर्नुहोलासफलतातपाईंको मुट्ठीमा  

मकर (भोजिखिखुखेखोगागि) –
हिजोआज राम्रै समय चल्दैछ  पछाडि कुरा काट्नेहरू चुप लाग्नेछन् मानप्रतिष्ठा  ख्याति बढ्ने समय आएको   सामाजिक काममा संलग्नहुनुपर्ला  मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला  धार्मिक वासामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ 

कुम्भ (गुगेगोसासिसुसेसो) –
आज तपाईंले गरेको सानो प्रयासद्वारा डुबेको धन अप्रत्याशित ढंगले फिर्ता आउनसक्छ  परिवारका सदस्यहरुमा खुसीउमङ्ग  हर्षको सञ्चार हुनेछ  दिनरमाइलो गरी बित्नेछ  सानोतिनो पार्टीपुराना साथीभाइसित जमघट वाभोजभतेरमा सहभागी हुने सम्भावना  

मीन (दिदुदेदोचि) –
एका बिहानै शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ  व्यापार  पशुव्यवसायबाट सामान्य लाभनै प्राप्त हुनेछ  आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ  बरुसानातिना कामको झमेला आउनसक्छ 


स्मरण गर्नुहोस् :

माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ .

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower