Headlines News :
Home » » जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र

जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र

Written By mansun on Tuesday, September 17, 2013 | 7:30 PM

सम्बन्ध विच्छेदपछि पुरुषहरुमा सम्भोगको चाहना कम हुन्छ होला वा बढि ? डिभोर्स भएर श्रीमतीबाट अलग्गिएका पुरुषहरुमा यौनेच्छा बढि होला की विवाह नै नगरेका तन्नेरीहरुमा ? सामान्य अड्कल काट्ने हो भने सहबासबाट एक प्रकारले अघाएका भुक्तभोगी एकल पुरुषहरुमा भन्दा अविवाहित ठिटाहरुमा सम्भोगको भोक बढि हुन्छ । तर यस्तो अड्कलबाजी गलत रहेछ ।
एक अन्तराष्ट्रिय अनलाइन डेटिङ साइटले गरेको अध्ययन अनुसार ६७ प्रतिशत एकल पुरुषहरुमा अविवाहित ठिटाहरुमा भन्दा यौन इच्छा बढि हुन्छ । अध्ययनका अनुसार डिभोर्स खेपिसकेका पुरुषहरु वैवाहिक जिवन टुटेपछि नयाँ स्त्रीसँगको यौन सम्बन्धका बेला भावनामा बहँदैनन् । तर त्यस्ता पुरुषहरुले सम्भोगका बेला बढि रोमाञ्चकता तथा आनन्द प्राप्त गर्छन् जो उनीहरुले आफ्नी श्रीमतीसँगको सहबासमा अनुभुत गर्न पाएका थिएनन् ।
dating१०८० जना पुरुषमा गरिएको उक्त अध्ययन अनुसार डिभोर्स गरेका पुरुषहरुमा संयोगले बन्ने यौन पार्टनरसँगको सम्बन्ध प्रतिको कुनै भावनात्मक लगाव नहुने भएकाले उनीहरुले त्यस्तो यौन सम्बन्धलाई तनावमुक्त ढंगले ग्रहण गर्छन् र बढि भन्दा बढि आनन्द प्राप्तिको दिशामा लाग्छन् । उनीहरुमा पार्टनरलाई आनन्द दिन सकिएन भन्ने चिन्ता हुँदैन र आफु नामर्द होइने हो की भन्ने डर पनि हुँदैन ।
अर्को एक अध्ययन अनुसार डिभोर्सले महिलाको स्वास्थ्यमा भने नकारात्मक असर पूराउँछ । सम्बन्ध विच्छेदको मानसिक तथा शारीरिक प्रभाव हुने र यसले महिलाको हृदयस्वास्थ्यमा नकारात्मक असर पुराउने विज्ञहरु बताउँछन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower