Headlines News :
Home » » निर्वस्त्र हुनुका फाइदै फाइदा

निर्वस्त्र हुनुका फाइदै फाइदा

Written By mansun on Tuesday, September 17, 2013 | 7:31 PM

नग्नता भन्ने वित्तिकै छाडापन तथा अश्लीलता भन्ने बुझिन्छ । यो एक अर्थमा सही भएपनि मानव स्वास्थ्यको दृष्टिले अर्ध वा पूर्ण नग्नता फाइदाजनक हुने विज्ञहरु बताउँछन् । समय परिस्थिति अनुसारको पूर्ण नग्नता, अर्ध नग्नता वा खुकुलो वा कम कपडा लगाउँदा मान्छेको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
विकशित पश्चिमा देशहरुमा नग्नता खासै ठूलो विषय नभएपनि हाम्रोजस्तो देशमा भने यो असभ्यपना ठानिन्छ । त्यसैले नग्नतालाई देश काल परिस्थिति अनुरुप बुझ्नु तथा अपनाउनुपर्ने हुन्छ । हामीकहाँ सार्वजनिक तवरले नग्नता अवैधानिक हुने तथा अपनाउन समेत नसकिने भएकाले जिउमा लगाउने कपडा कम वा खुकुला पार्ने तथा रात्रीको समयमा समेत नग्नतालाई उपयोग गर्न सकिन्छ । नग्नताका फाइदा यस्ता छन्
बिहानको घाममा नांगो छालामा घाम ताप्नुहोस्, यसका लागि पूरै नांगो हुनुपर्छ भन्ने छैन । तर सरीरको धेरै हिस्सामा बिहानको घाम पार्नुभयो भने प्रसस्त भिटामिन डी प्राप्त हुनेछ ।
सरीरभर बाक्ला तथा धुम्म परेका कपडा लगाउनुको साटो हलुका तथा खुकुलो र छोटो कपडा लगाउने हो भने त्यसले छालालाई स्वस्थ राख्न, विषाक्त पदार्थ उत्सर्जन गर्नका साथै कत्ला उत्पन्न हुनबाट जोगाउँछ ।
nakएक अध्ययन अनुसार नांगो खुट्टाले झारपातमा हिड्नाले मानिसमा अल्जाइमरको जोखिम कम हुन्छ । नांगो खुट्टाले दौडनु पनि मस्तिष्कको सक्रियताका लागि सहयोगी हुन्छ ।
निराशा, डिप्रेसन, आत्मग्लानी तथा अन्य खाले मानसिक समस्याबाट मुक्ति पाउन समेत रातमा निर्वस्त्र सुत्नु निकै लाभदायी मानिन्छ ।
दिउसोको दौडधुप पछि बेलुकी नुहाएर रातमा निर्वस्त्र सुत्नुहोस् त्यसले छालामा संक्रमणको खतरा कम गर्छ ।
कसिलो भित्री वस्तले यौनांगको रक्तप्रवाहमा असर पूराउँछ । कसिलो पाइन्टले समेत यौनांगमा असर पूराउँछ जसले अन्ततः पुरुषको यौनक्षमतामा कमी ल्याउँछ । त्यसैले बढि कसिलो भित्री वस्त्र लगाउनु हुँदैन र रातको समयमा सुत्दाखेरि त अझ यसमा ठूलो ध्यान पूराउनुपर्ने हुन्छ ।
कट्टु मात्र लगाएर व्यायाम गर्ने तथा दौडने गर्नुभयो भने त्यसले रक्तसंचारलाई स्वस्थ तथा सन्तुलित बनाउनेछ ।
नग्नताले यौन इच्छामा वृद्धि गराउनुका साथै श्रीमान श्रीमतीबीच भावनात्मकताको समेत वृद्धि गर्छ ।
मीठो निद्रा लिने मन छ ? त्यसो भए सुत्दाखेरि कपडा लगाउने कष्ट नगर्नुस् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower