Headlines News :
Home » » गोलभेँडाका फाइदै फाइदा

गोलभेँडाका फाइदै फाइदा

Written By mansun on Tuesday, September 17, 2013 | 7:37 PM

गोलभेँडा तरकारी तथा अचारमा अनिवार्य परिकार हो । यो स्वादिलो मात्र होइन निकै पोषिलो समेत हुन्छ । गोलभेँडामा विभिन्न खाले भिटामिन तथा अन्य लवण समेत पाइन्छ । यसमा भिटामिन ए, सी, के तथा फोलेट तथा म्याग्नेसियम लगायतका तत्व पाइन्छ ।
  1. गोलभेँडामा संतृप्त बोसो, कोलेस्ट्रोल लगायतका हानिकारक तत्व कम पाइन्छ । यसमा फाइबर समेत प्रसस्त पाइने र पानीको मात्रा समेत उच्च हुने भएकाले यो निकै लाभकारी हुन्छ ।
  2. गोलभेँडामा बिटा क्यारोटिन पाइन्छ । यसमा पाइने लाइकोपिन तत्वले समेत छालालाई स्वस्थ तथा सुरक्षित बनाउन मद्धत गर्छ ।
  3. गोलभेँडामा पाइने भिटामिन के तथा क्याल्सियम तत्वले हाड मजबुत पार्न सहयोग गर्छ ।
  4. गोलभेँडामा क्यान्सर प्रतिरोधी गुण पाइन्छ । टमाटरको नियमित भोजनले प्रोस्टेट ग्रन्थी, मुख,पेट तथा आन्ध्राको क्यान्सरको जोखिम कम हुन्छ ।
  5. गोलभेँडाकेा नियमित भोजनले रगतमा चिनिको मात्रा समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।
  6. गोलभेँडाले मान्छेको आँखाको दृष्टिलाई समेत मजबुत पार्छ किनकी यसमा भिटामिन ए पाइन्छ ।
  7. गोलभेँडाकेा नियमित सेवनले कपाललाई स्वस्थ राख्न समेत मद्धत पूराउँछ ।
  8. गोलभेँडा नियमित रुपमा खाँदा मृगौला तथा पित्त थैलीको पत्थरीको जोखिम समेत कम हुने विज्ञहरु बताउँछन् ।
  9. जिउ दुखेको छ ? त्यसो हो भने नियमित रुपमा गोलभेँडाको अचार खानुहोस् ।
  10. गोलभेँडाकेा सेवन वजन नियन्त्रणका लागि समेत सहयोगी हुन्छ ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower