Headlines News :
Home » » च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Written By mansun on Wednesday, September 18, 2013 | 7:48 PM

३ असोज, काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीको हृयाटि्रकसँगै बार्सिलोनाले च्याम्पियनस लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बुधबार राति भएको खेलमा समूह एचमा रहेको बार्सिलोनाले एयाक्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लियो । ५५ औं मिनेटमा बुस्केटको पासमा मेस्सीले नै गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
६९ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारको पासमा जेरार्ड पिकेले गोल गरे । ७५ औं मिनेटमा जाभीको पासमा गोल गर्दै मेस्सीले हृयाट्रिक पूरा गरे ।
एयाक्सविरुद्धको हृयाट्रिकसँगै मेस्सी च्याम्पिन्यस लिगमा सर्वाधिक हृयाटि्रक गर्ने फुटबलर बनेका छन् । उनले ४ पटक हृयाटि्रक गरेका छन् । च्याम्पियन्स लिगमा सर्बाधिक गोलकर्ताको दोस्रो नम्बरमा रहेका मेस्सीको गोलसंख्या ६२ पुगेको छ ।
खेलको ७७ औं मिनेटमा एयाक्सले पाएको पेनाल्टी बार्सिलोनाका गोलरक्षक भाल्डेसले रोकेपछि बार्सिलोन ४-० ले विजयी भयो ।

messi
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower