Headlines News :
Home » , » एप्पलले ल्यायो दुई नयाँ आइफोन

एप्पलले ल्यायो दुई नयाँ आइफोन

Written By mansun on Thursday, September 12, 2013 | 10:48 PM

भदौ २६ – अमेरिकी कम्पनी एप्पलले दुई नयाँ आइफोन बजारमा ल्याएको छ ।

कम्पनीले आइफोन फाइभ एस र आइफोन फाइभ सी बजारमा ल्याएको हो । १६ जिबी फाइभ एसको बजार मुल्य ५ सय ४९ पाउण्ड तथा ६४ जिबी ७ सय ९ पाउण्ड तोकिएको छ ।
यस्तै १६ जिबी स्टोरेज क्षमताको फाइभ सीको बजार मुल्य ४ सय ६९ पाउण्ड तोकिएको छ । मंगलबार राती सार्वजनिक भएको फाइभ एसमा फोनको मेन बटनमा फिंगरप्रिन्ट सेन्सरसहित ल्याइएको कम्पनीले जनाएको छ । यस्तै फाइभ सी भने विभिन्न रङहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ फोन सार्वजनिक भएसँगै कम्पनीले व्यापारिक रणनीति परिवर्तन गर्न खोजेको देखिएको विश्लेषण गरिएको छ । एकै सयममा दुई मोडलका फोन सार्वजनिक हुनुले पनि यसको संकेत गरेको विश्लेषकहरुको दावी छ । यस अघि एप्पलले दुई वटा फोन एकै पटक सार्वजनिक गरेको थिएन ।
एजेन्सीको सहयोगमा
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower