Headlines News :
Home » » फिफा वरियतामा नेपाल ७ स्थानमाथि उक्लियो

फिफा वरियतामा नेपाल ७ स्थानमाथि उक्लियो

Written By mansun on Thursday, September 12, 2013 | 10:45 PM

२७ भदौ, काठमाडौं । फिफा विश्व वरियता क्रममा नेपाल ७ स्थानमाथि उक्लिएको छ । बुधबार सम्पन्न साफ च्याम्पिपयनसिपमा सुदृढ प्रदर्शन गरेको नेपाल फिफाको नयाँ विश्व वरियताक्रममा ७ स्थानमाथि उक्लिँदै १ सय ६३ औं स्थानमा आएको हो ।
साफको सेमिफाइनलसम्म पुगेको नेपालले भारत र बंगलादेशलाई पराजित गरेको थियो भने पाकिस्तानसँग बराबरी खेलेको थियो । तर, सेमिफाइनलमा भने अफगानिस्तानसँग पराजित हुजपुग्यो ।
nepali-football-team
नयाँ वरियता क्रममा सार्क मुलुकको शीर्ष स्थानमा साफ च्याम्पिपयनसिपको विजेता अफगानिस्तान छ । ७ स्थानमाथि उक्लिएको अफगान २ सय २७ अंकका साथ १ सय ३२ औं स्थानमा छ । अफगानिस्तानलाई उपाधि सुम्पिएको भारत १० स्थान तल झरेको छ । १ सय ५५ औं स्थानमा झरेको छ । उसलाई माल्दभ्सले जितेको छ । माल्दिभ्स १ स्थानमाथि उक्लिएर १ सय ५२ औं स्थानमा आइपुगेको छ ।
बंगलादेश भने ८ स्थान तल झरेको छ र १ सय ६६ औं स्थानमा आइपुगेको छ । दुई स्थानमाथि उक्लिएको श्रीलंका १ सय ६८ औं स्थानमा छ भने पाकिस्तान ३ स्थान तल झरेर १ सय ७० औं स्थानमा पुगेको छ र भुटान पुछारमा कायमै छ ।
विश्व वरियताको शीर्ष स्थानमा स्पेन कायमै छ भने अर्जेन्टिना दोस्रो स्थानमा आइपुगेको छ । जर्मनी तेस्रो, इटली चौगो र कोलम्बियन पौचौं स्थानमा छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower