Headlines News :
Home » » आइतबारदेखि दैनिक ७ घण्टा लोडसेडिङ (तालिकासहित)

आइतबारदेखि दैनिक ७ घण्टा लोडसेडिङ (तालिकासहित)

Written By mansun on Thursday, September 12, 2013 | 10:44 PM

images२८ भदौ, काठमाडौं । दैनिक ४ घण्टा लोडसेडिङको मार खेप्दै आएका सर्वसाधारणले आइतबारदेखि दैनिक ७ घण्टाका दरले लोडसेडिङको मार खेप्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लागु हुने गरी लोडसेडिङ समयावधी ३ घण्टा बढाएर दैनिक ७ घण्टा पुर्‍याएको छ ।
भारतबाट विद्युत आयात गरिने कुशाहा-कटैया प्रशारण लाइनको केवल परिवर्तनको काम थालेपछि लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । दैनिक ८० मेगावाट विद्युत आयात गर्दै आएको यस प्रशारण लाइन परिवर्तन गर्न अझै २ हप्ता लाग्ने बताइएको छ ।
वषर्ायामको शुरुवातसँगै घटेको लोडसेडिङ वषर्ायामको अन्त्यसँगै बढ्न शुरु भएको छ । यस वर्ष दैनिक १६ घण्टासम्म लोडसेडिङ हुनसक्ने प्रक्षेपण गरिएको छ । विद्युत प्रयोगकर्ता बढ्दै जानु, उत्पादन जस्ताको तस्तै रहनुले पनि लोडसेडिङ समय बढ्दै जान लागेको प्राधिकरणको स्पष्टोक्ती रहेको छ ।
लोडसेडिङ तालिका
loadsheding(3)

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower