Headlines News :
Home » » कफी र व्यायामले घटाउँछ पाठेघरको क्यान्सर

कफी र व्यायामले घटाउँछ पाठेघरको क्यान्सर

Written By mansun on Thursday, September 12, 2013 | 10:42 PM

exercieseदिनमा कम्तिमा पनि ३८ मिनेट व्यायाम गर्ने महिलामा पाठेघरको क्यान्सरको जोखिम आधाले घट्ने एक अध्ययनले देखाएको छ ।
बेलायतमा गरिएको अध्ययन अनुसार दैनिक आधा घण्टाको व्यायाम वा शारीरिक अभ्यासले वजनलाई सन्तुलनमा राख्न, रक्तचाप तथा रक्तसंचारलाई नियमित गराउनुका साथै महिलामा पाठेघरको क्यान्सरको जोखिम पनि झण्डै आधाले घटाउने तथ्य पत्ता लागेको हो ।
पाठेघरको क्यान्सर ६० वर्ष उमेर कटेका महिलाहरुमा बढि देखिन्छ ।
त्यस्ता महिलाहरु शारीरिक रुपमा कम सक्रिय हुने भएकाले उनीहरुमा क्यान्सरको जोखिम बढि रहने गरेको विज्ञहरुको भनाइ छ ।
वैज्ञानिकहरुका अनुसार सरीरमा जम्मा भएको बोसो र क्यान्सरबीच सम्बन्ध हुन्छ ।
सरीरमा जम्मा भएको बोसोले क्यान्सरको जोखिम बढाउन सहयोग गर्छ । नियमित व्यायामले त्यस्तो बोसोको मात्रा नियन्त्रण गर्छ र त्यसले अन्ततः क्यान्सरको जोखिम कम गर्छ ।
शोधकर्ताहरुका अनुसार दैनिक रुपमा कफी पिउँदा पनि महिलामा पाठेघरको क्यान्सरको खतरा कम हुन्छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower