Headlines News :
Home » » चुनाव कुनै शक्तिले रोक्न सक्दैन : रेग्मी

चुनाव कुनै शक्तिले रोक्न सक्दैन : रेग्मी

Written By mansun on Saturday, September 14, 2013 | 7:52 PM

२९ भदौ, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनाव अब कुनै शक्तिले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।
जिमी (राई) उत्थान समाज सोलुले डा स्वामी प्रपन्नाचार्य (काले राई) को सम्मानमा शनिबार काठमाडौँको मृगस्थलीमा आयोजना गरेको कार्यक्रममा रेग्मीले कुनै पनि नेपाली सपूतले मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचन बिथोल्न चेष्टा गरे त्यो मुलुकका लागि दुर्भाग्य हुने बताउनुभयो । उहाँले धर्तीको एक मुठी माटो छातीमा राखेर राष्ट्रियताका लागि कसम खानुपर्ने बेला आएकाले गतिरोध राजनीतिलाई निकास दिन सबैले मङ्सिर ४ मा हुने संविधानसभा निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो ।
पुत्ररत्न स्वामी पुजनीय व्यक्तित्व डा स्वामी प्रपन्नाचार्यले सनातन धर्ममा लागेर समाजलाई असल बाटोमा दोहोर्‍याउनु भएकाले उहाँको उच्च कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष यसबहादुर राईले बताउनुभयो । काठमाडौँको पशुपतिनाथस्थित मृगस्थलीमा बस्दै आएका प्रपन्नाचार्यले ३० वर्षको उमेरमा आफ्नो अध्ययन सुरुवात गरी नेपाली धर्म संस्कृतिको वेदवेदान्तमा विद्यावारिधि गर्नुभएको थियो ।
राई परिवारमा विसं १९७९ मा पाँचथरको लालीखर्कमा जन्मनुभएका प्रपन्नाचार्यले संस्कृतिका प्रकाण्ड विद्वान मानिनुहुन्छ । उहाँले ‘वेदमा के छ’ ?, ‘किरातहरु मङ्गोलियाबाट आएका होइनन’, ‘मिल्केका झिल्के’, ‘काले राईका क्वाटी’ लगायतका दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएको छ । रासस

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower