Headlines News :
Home » » बुद्धको जन्मबारे गलत प्रचारविरुद्ध युवाहरु सडकमा ओर्लिए( टि्वट गर्ने सरिता गिरीले माफी माग्नुपर्ने -)

बुद्धको जन्मबारे गलत प्रचारविरुद्ध युवाहरु सडकमा ओर्लिए( टि्वट गर्ने सरिता गिरीले माफी माग्नुपर्ने -)

Written By mansun on Saturday, September 14, 2013 | 7:51 PM

२९ भदौ, काठमाडौं । गौतम वुद्ध भारतमा जन्मिएको भनेर भारतीय सञ्चार माध्यमहरुले गलत प्रचार गरेको भन्दै युवाहरुले शनिबार काठमाडौंमा सडकमा प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालबाट गरिएको आहृवानका आधारमा बसन्तपुरमा जम्मा भएका युवाहरुले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।
सुरुमा गल्ती गर्ने र पछि माफी माग्ने गरेको भन्दै अब गल्ती नदोहोर्‍याउन प्रतिवद्धता जनाउन माग गरेका छन् । ‘माफी दिँदा दिँदा हामी थाकिसक्यौ’ प्रदर्शनमा सहभागी एक युवाले भने-’अब गल्ती नदोहोर्‍याउन प्रतिवद्धता चाहिन्छ ।’ युवाहरुले बुद्धको जन्मबारे गलत प्रचार गर्दासमेत सरकारको मौन बसेको भन्दै आक्रोस व्यक्त गरेका छन् । भारतीय च्यानल जी टीभीले बुद्ध भारतमा जन्मिएको भन्दै कार्यक्रम बनाएको थियो । तर, चर्को विरोध भएपछि उसले माफी मागेको छ । 
उनीहरुले नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले माफी माग्नुपर्ने मागसमेत गरेका छन् । माफी नमागे उनीविरुद्ध आन्दोलन गर्ने युवाहरुले चेतावनी दिएका छन् । गिरीले आफ्नो ट्वीटरमा लेख्नुभएको थियो- ‘गौतम बुद्धले मधेसको बोधगयामा बोधत्व प्राप्त गरेका थिए, जुन अहिले विहार, भारतमा पर्छ । बुद्धलाई भारत र नेपाल दुबैले शेयर गर्नु पर्छ ।’
गिरीको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा समेत तीब्र आक्रोश पोखिएको छ ।
source:-onlinekhabar
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower