Headlines News :
Home » » पारसलाई भेटन हिमानी बैंककमा

पारसलाई भेटन हिमानी बैंककमा

Written By mansun on Saturday, September 14, 2013 | 7:46 PM

himani_20100901083616
३० भदौ, काठमाण्डौं । पूर्वयुवराज्ञी हिमानी शाह पूर्वयुवराज पारसलाई भेट्न बैंकक गएकी छन् । दुई छोरी र एक छोरालाई काठमाण्डौंमै छोडेर हिमानी गत बिहीबार पतिलाई भेट्न बैंकक गएकी हुन् । बैंककमा उत्रेपछि उनी सरासर पारस बसेको ठाउँ च्यानचाई सुधार केन्द्र पुगेकी थिइन् । करिब दश दिनसम्म हिमानी बैंककमा बस्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार पूर्वयुवराज पारसले आगमी दसैंअघि नै काठमाणडौं र्फकने सोचाइ बनाएका छन् । दसैंअघि नै काठमाण्डौं र्फकन उनले काठमाण्डौंमा रहेको बाबुआमालाई खबर पठाइसकेको नयाँ पत्रिकामा खबर छ । यसबारे पूर्व राजाको परिवारले भने केही प्रतिक्रिया दिएको छैन् । पारस दसैं अघि नै आउँदा हिमानी र पारस सँगै आउन सक्ने स्रोतले जनाएको छ । पारस २०६८ भदौ ११ मा बैंकक गएयता नेपाल आएका छैनन् ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower