Headlines News :
Home » , » सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर

सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर

Written By mansun on Saturday, September 14, 2013 | 7:44 PM

एप्पलले ६४ बिटको प्रोसेसर रहेको नयाँ आइफोन ५ एस सार्वजनिक गरेपछि उसको प्रतिस्पर्धी कम्पनी सामसुङले पनि त्यसको सिको गर्ने भएको छ । एप्पलको पदचिन्ह पछ्याउँदै सामसुङले आफ्नो आउँदो स्मार्टफोनमा ६४ बिटको प्रोसेसर राख्ने निर्णय गरेको छ ।
कोरिया टाइम्समा छापिएको खबर अनुसार सामसुङ कम्पनीका सह कार्यकारी प्रमुख तथा मोबाइल डिपार्टमेन्ट प्रमुख जेके सिनले आफ्ना आगामी स्मार्टफोन ६४ बिट प्रोसेसरयुक्त हुने जानकारी दिएका छन् । उनका अनुसार ६४ बिटको प्रोसेसरवाला स्मार्टफोन आउन केही समय लाग्नेछ ।
उनको भनाइलाई आधार मान्ने हो भने अब सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर हुनेछ । ग्यालेक्सी नोट ३ सार्वजनिक भैसकेको अवस्थामा अब बजारमा आउने नयाँ उत्पादन भनेकै ५ एस हो जुन तत्कालै भने आउनेछैन ।
samsung
एप्पलले आफ्नो आइफोनको बजारका लागि चीन र जापानमा ध्यान केन्दि्रत गरिरहेको बेला सामसुङले पनि अब चिनिया तथा जापानी बजारमा केन्दि्रत हुने सोँच बनाएको सिनको भनाइ छ ।

अहिले ३२ बिटको प्रोसेसर भएका स्मार्टफोन रहेकोमा यसको क्षमतालाई दोब्बर पार्दा स्मार्टफोनको गति दोब्बर तिब्र हुनेछ । उच्च क्षमतायुक्त माइक्रोप्रोसेसरको प्रयोगबाट स्मार्टफोनमा त्यो सँगै मेमोरी पावर पनि बढाइनेछ । ३२ बिटको प्रोसेसर भएको डिभाइसमा ४ जिबी सम्मको र्याम हुनेमा ६४ बिटको प्रोसेसर भएको खण्डमा १६ जिबी सम्मको र्याम राख्न सकिनेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower