Headlines News :
Home » » डेब्यू खेलमा ग्यारेथ बेलको गोल

डेब्यू खेलमा ग्यारेथ बेलको गोल

Written By mansun on Saturday, September 14, 2013 | 7:57 PM

३० भदौ, काठमाडौं । कीर्तिमान मूल्यमा रियल मड्रिड गएका ग्यारेथ बेलले डेब्यू खेलमा गोल गरेका छन् । तर, स्पेनिस जाइन्ट भिल्लारियलसँग २–२ को बराबरीमा रोकिएको छ ।
bale
शनिबार राति भिल्लारियलको घरेलु मैदान भएको खेलमा कार्लो एन्सेलोटीले ८५.३ मिलिलय पाउन्ड ब्वाई बेललाई सुरुमा नै खेलाएका थिए । रियल आउनु अघि उनले चोटका कारण टोटनह्याम र आफ्नो देश वेल्सका लागि खेलेका थिएनन् ।
तर, खेलमा अग्रता भने भिल्लारियलले २१ औं मिनेटमा कानीको गोलबाट लिएको थियो । तर, ३९ औं मिनेटमा बेलले गोल गर्दै खेललाई बराबरीमा फर्किए । ६२ औं मिनेटमा डि मारियाले उनको स्थानमा मैदान प्रवेश गरे ।
६४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ७० औं मिनेटमा भिल्लारियलका सान्तोषले गोल गर्दै रियल मड्रिडसँग अंक खोसेका हुन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower