Headlines News :
Home » » प्रिमियर लिगमा चेल्सीको पहिलो हार

प्रिमियर लिगमा चेल्सीको पहिलो हार

Written By mansun on Saturday, September 14, 2013 | 8:00 PM

 ३० भदौ, काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो हार व्यहोरेको छ । रोवर्टो मार्टिनेजले इभर्टनको म्याननेजरको रुपमा पहिलो जित दर्ता गर्ने क्रममा जोजे माउरिन्होको चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
यसअघि लिगको तीन वटै खेलमा इभर्टनले बराबरी खेलेको थियो । घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा इभर्टनका लागि पहिलो हापको अन्तिम मिनेटमा नाइस्मिथले हेड गोल गरेका हुन् ।
चेल्सीका स्यामुएल एटोले डेब्यू खेलमा केही मौका पाएपनि सदुपयोग गर्न सकेनन् । पहिलो हापको अन्तिममा गोल आएपछि माउरिन्होले ओस्कार, फर्नान्डो टारेस र फ्राङ्क लाम्पार्डलाई दोस्रो हापमा मैदान प्रवेश गराएपनि चेल्सीको हार टार्न सकेनन् ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower