Headlines News :
Home » » ''वैदेशिक रोजगारीमा गैसकेकाले ख्याल गर्नुपर्ने कुरा''

''वैदेशिक रोजगारीमा गैसकेकाले ख्याल गर्नुपर्ने कुरा''

Written By mansun on Friday, September 13, 2013 | 7:37 PM

''वैदेशिक रोजगारीमा गैसकेकाले ख्याल गर्नुपर्ने कुरा''
''कुनै पनि देशको कानुन, धर्म, संस्कृति, भाषा, चालचलन थाहा नपाउँदा नेपाली कामदारले ठूलै संकट बेहोर्नुपरेका थुप्रै घटना छन्। सुन्दा, हेर्दा सामान्य लाग्ने कुरा थाहा नपाउँदा फन्दामा पार्न सकिन्छ। कसैले माग्दैमा आफ्नो पासपोर्ट दिनु हुँदैन, सुरक्षित रूपमा आफ्नो साथमै राख्नुपर्छ।''
भिसाको म्याद र पासपोर्टको म्याद समयमै थप्नुपर्छ। यदि समयमै थपिएन भने खाडी मुलुकमा कोर्रा लगाउने तथा दण्ड, सजाय तिराउने व्यवस्था छ। आफूले गर्ने काममा दक्ष हुनुपर्छ। जुन भिसामा गइएको छ, त्यही काम गर्नुपर्छ। ट्राफिक नियम नजानेरै धेरैजसो कामदारको मृत्यु हुने गरेको छ। ट्राफिक नियम देशैपिच्छे फरक हुन सक्छ। खाडी मुलुकहरूमा बाटो काट्दा सडक किनारका खम्बामा प्रेस गरेपछि हरियो बत्ती बल्छ। त्यसपछि गाडी रोकिएपछि मात्र बाटो काट्नुपर्छ '
आफूले काम गर्ने देशको धर्म, संस्कृति, परम्परा, भाषा एवं रहनसहनको एकदमै ख्याल गर्नुपर्छ। जुन मुलुकमा पुगे पनि त्यहाँको धर्म, संस्कृतिसँग सम्बन्धित कुराको आलोचना, वादविवाद वा वहस गर्नु उचित हँुदैन। मक्का, मदिनाजस्ता सहरमा घुम्न, मस्जिदभित्र पस्न मुस्लिम धर्मावलम्बीबाहेक अरूलाई अनुमति नभएकाले नजानु नै बेस हुन्छ। खाडी मुलुकहरूमा प्रार्थना गर्दा ओछ्याइएको कुनै पनि कुरा टेक्नु हुँदैन भने प्रार्थना गरिरहेको ठाउँमा अगाडिबाट हिँड्नु हुँदैन।'
साउदी अरेबियामा त्यहाँका कुनै नागरिकसँग कुरा गर्दा वा भेट्दा उनीहरूले बाँधेको फेटालाई छुनु हुँदैन। मुसलमानहरू व्रत बस्ने महिनाको बिहान सूर्योदयदेखि बेलुकी सूर्यास्तसम्म सार्वजनिक स्थलमा खाना खान, पानी पिउन, चुरोट वा खैनी सेवन गर्न मनाही भएकाले त्यस्तो कार्य गरेको खण्डमा धार्मिक पुलिस मुतवाले समातेर दण्ड सजाय दिन सक्छन्।
साउदी अरेयिबा र खाडी मुलुकका अधिकांश नागरिकसामु रक्सी एवं सुँगुरको मासुको कुरै नगर्नु बेस हुन्छ। यी कुरा इस्लाम धर्मविरोधी हुन्। महिलाहरूलाई सीधै नजरले, एकोहोरो हेर्नु हुँदैन। यदि हेरेको खण्डमा बिनाबर्दीका सिआइडीले समात्न सक्छन्। चोक, चोक र गल्लीमा खटिएका सिआइडीले समातेपछि पुलिसले समातेको भन्दा कडा कानुन लाग्छ।'
धेरै मानिस एकै ठाउँमा भेला भएर बन्द, हड्ताल एवं राजनीतिक बहस गर्नु हुँदैन। यसो गरेको अवस्थामा जेल पर्न सकिन्छ वा सीधै आफ्नै मुलुक फर्काइदिन सक्छन्। खाडी मुलुकहरूले आईएलओ र युएन कन्भेन्सनमा हस्ताक्षर गरेका छैनन्। त्यसैले त्यहाँ बन्द, विरोधबाट कुनै परिणाम निस्कँदैन।

कसैको तस्बिर लिन चाहे सम्बन्धित व्यक्तिसँग पहिले अनुमति माग्नुपर्छ। एयरपोर्ट, आर्मी क्याम्प, प्रहरी कार्यालय तथा सरकारी कार्यालयमा तस्बिर लिनु छ भने त्यहाँ बसेका सुरक्षाकर्मी वा कर्मचारीसँग सोधपुछ गरेर मात्र क्यामेरा निकाल्नुपर्छ।'
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower