Headlines News :
Home » » डरलाग्दो बन्दैछ डिप्रेसन, कसरी पाउने मुक्ति ?

डरलाग्दो बन्दैछ डिप्रेसन, कसरी पाउने मुक्ति ?

Written By mansun on Friday, September 13, 2013 | 2:20 AM

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको एक तथ्यांकले विश्वमा डिप्रेसनका रोगीको संख्या उकालो लाग्दै गएको देखाएको छ । संगठनका अनुसार विश्वमा अहिले १२ करोड १० लाख मानिस डिप्रेशनका सिकार छन् र वर्षेनी साढे ८ लाखले तनाव तथा डिप्रेसनकै कारण आत्महत्या गर्छन् । संगठनका अनुसार डिप्रेशन यस्तो समस्या हो जो आत्महत्याको कारक बन्नसक्छ । डिप्रेसनबाट पीडित मध्ये सयमा १५ जनाले आत्महत्याको बाटो रोज्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
dp
महंगी, आर्थिक अस्थिरता, हिंसा, सामाजिक समस्या, बढ्दो महत्वाकांक्षा, सूचनाप्रविधिको बढ्दो प्रयोग जस्ता कारणले मानिसमा डिप्रेसनको समस्या बढिरहेको छ । विज्ञहरुका अनुसार केवल बयस्क मात्र होइन बालबालिकामा समेत डिप्रेसनको समस्या बढिरहेको छ । स्कुले बच्चाहरु समेत डिप्रेसनको सिकार बन्ने क्रम बढ्दो छ ।
डिप्रेसन तथा तनावबाट कसरी मुक्ति पाउने ?
शारीरिक श्रम – शारीरिक श्रमका बेला मस्तिष्कबाट एन्डोफिर्स नामक रसायन उत्सर्जन हुन्छ । यो रसायले मान्छेको मूड लाई ठीक राख्छ र सकारात्मक सोँचाइको विकाश गर्छ । त्यसैले विभिन्न खाले श्रम पर्ने खालका कामका साथै व्यायाम तथा खेलकुदमा समेत सहभागी हुनुहोस् । यसले सरीरमा उर्जा भर्ने मात्र होइन तनावबाट पनि मुक्त गराउँछ ।
वाचा पूरा गर्नुस्- तनावको एक मुख्य कारण हो आफ्नो बाचा पूरा गर्न नसक्नु । कामकाजी तथा निजि जिन्दगीमा त्यसैले त्यत्तिमात्र बाचा गर्नुस् वा महत्वाकांक्षा राख्नुस् जति तपाइँले पूरा गर्न सक्नुहुन्छ । क्षमता भन्दा ठूलो कुरा गर्ने कोसिसले तपाइँलाई शारीरिक तथा मानसिक रुपमा समस्यामा पार्छ र तनाव र डिप्रेसन बढाउँछ ।
निद्रा अत्यावश्यक – आधुनिक जिवनमा शरीरले भन्दा बढि काम हाम्रो दिमागले गरिरहेको हुन्छ त्यसकारण दिमागलाई रिचार्ज गर्नका लागि भरपूर आरामको जरुरत पर्छ । त्यसैले दिनमा ७-८ घण्टा मस्त सुत्नु आवश्यक हुन्छ । पर्याप्त निद्राको अभावमा तनाव बढ्ने तथा शारीरिक र मानसिक रुपमा समेत व्यक्ति कमजोर हुने हुन्छ ।
योगा ध्यान – योगाभ्यास, ध्यान तथा प्राणायामले शरीर तथा मस्तिष्कको थकानलाई कम गर्छ । यसले एकाग्रता पनि बढाउँछ । त्यसैले दिनमा कम्तिमा पनि २० मिनेट योगा गर्नुहोस् ।
व्यवस्थित जिवन- हडबड गर्दा काम बिग्रने जोखिम बढि हुन्छ र त्यसले बेकारमा मानसिक तनाव दिन्छ । त्यसैले व्यवस्थित तथा अनुशासित जिवनशैली अपनाउनुहोस् । हरेक काम समयतालिका बनाएर गर्नुहोस् ।
मोबाइलबाट मुक्ति – विदाको दिनमा पनि दिनभर मोबाइल खेलाइरहने तथा घण्टौसम्म ल्यापटपको प्रयोग गर्ने मानिसमा तनावको मात्रा उच्च हुन्छ । ग्याजेटको दुनिया सुविधाका लागि हो, तनाव थप्न होइन । तर यसमै झुण्डिइरहने हो भने यसले तनाव र हैरानी तथा रोग थप्छ । त्यसकारण विदाको दिन कम्तिमा मोबाइल तथा ल्यापटपबाट आफुलाई मुक्ति दिलाउनुहोस् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower