Headlines News :
Home » » दीपक र कालुमानलाई स्वर्ण

दीपक र कालुमानलाई स्वर्ण

Written By mansun on Saturday, September 14, 2013 | 8:02 PM

काठमाडौंका दीपककृष्ण श्रेष्ठ र नेपाल आर्मी क्लब ‘बी’ का कालुमान तामाङले १२ औं राष्ट्रिय जुडो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुषको ८१ केजीमुनि ११ औं सागका कांस्यधारी दीपकले सप्तरीका रमेश चन्द तथा ९० केजीमाथि कालुमानले आर्मी ‘ए’ का शिवबहादुर बरामलाई पराजित गरे ।
पुरुषकै ५५ केजीमुनि काठमाडौंका उमेश मगरले ललितपुरका दिवाकर बस्नेत तथा ६६ केजीमुनि काठमाडौंका रमेश मगरले आर्मीका पवनकुमार श्रेष्ठलाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ ४८ केजीमुनि आर्मीकी लीला अधिकारीले काठमाडौंकी सीता सार्की, ५७ केजीमुनि नेपाल प्रहरी क्लबकी सुशीला अधिकारीले आर्मीकी कविता पुन तथा ७० केजीमुनि प्रहरीकी इन्दिरा राईले कञ्चन्पुरकी पासाङ तामाङलाई निराश पार्दै शीर्ष स्थान कब्जा गरे । प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष/महिलाको टिम इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Popular Posts

Recent Post

Blog Archive

.

.

Comments

 
Support : ब्लग बनाउने Copyright © 2013. kdpower - All Rights Reserved
ब्लग बनाउने kdpower